फिडर छात्रवासका लागि छात्रा छनोट गर्न आग्रह – शिक्षा विकास तथा समन्वय इकाइ स्याङ्जाको सूचना

स्याङ्जा, २०८२ असार २५ गते –

शिक्षा विकास तथा समन्वय इकाइ स्याङ्जाले स्याङ्जा जिल्लाभित्रका ५ नगरपालिका६ गाउँपालिकालाई पत्र पठाउँदै शैक्षिक सत्र २०८२ का लागि फिडर छात्रवास कार्यक्रम अन्तर्गत ३ जना गरिब तथा जेहेन्दार छात्रा छनोट गरी पठाउन अनुरोध गरेको छ।

उक्त इकाइको मिति २०८२ असार १९ गतेको पत्रको आधारमा पुतलीबजार, भीरकोट, वालिङ, गल्याङ, चापाकोट नगरपालिका र फेदीखोला, आँधीखोला, हरिनास, विरुवा, कालीगण्डकी तथा अर्जुनचौपारी गाउँपालिकालाई पत्राचार गरिएको हो।

एसईई (S.E.E) परीक्षा उत्तीर्ण गरी शिक्षा विषय लिएर कक्षा ११ मा छात्रावासमा बसी अध्ययन गर्न इच्छुक छात्राहरुका लागि यो अवसर प्रदान गरिएको हो। इच्छुक विद्यार्थीहरुले २०८२ श्रावण १५ गतेभित्र निम्न कागजातसहित आवेदन दिनुपर्नेछ:

आवश्यक कागजातहरू:

१. जन्मदर्ताको प्रमाण-पत्रको प्रतिलिपि
२. सम्बन्धित स्थानीय तहको सिफारिस
३. एसईई ग्रेडसिटको प्रमाणित प्रतिलिपि
४. व्यक्तिगत निवेदन पत्र

उक्त सूचना सम्बन्धित पालिकाहरूमार्फत स्थानीय तहमा सम्प्रेषण गर्न भनिएको छ। यो कार्यक्रम आर्थिक रूपमा विपन्न तर शैक्षिक रुपमा सक्षम छात्राहरुलाई उच्च माध्यमिक तहको अध्ययनमा प्रोत्साहन गर्नका लागि लक्षित गरिएको हो।

लेखिएको पोस्टहरूमा केही त्रुटिहरु हुन सक्छन् l यदि तपाईँले पढ्नुभएको पोस्टहरूमा कुनै पनि त्रुटी छ भने तपाईंले यसलाई सच्याउनको लागि हामीलाई सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ। । त्रुटी सच्याउनको लागि यहाँ क्लिक गर्नुहोस्

यदि तपाईंसँग पनि कुनै सामग्री तथा पोष्टहरु छ भने तपाईँले यहाँ क्लिकगरेर पठाउन सक्नुहुनेछ। यसरी पठाउनुभएको पोस्ट सिधै ड्राफ्टमा गएर बस्दछ। यदि हामीले रिभ्यु गरेर पोस्ट एप्रुभ भएपछि तपाईँले पठाउनुभएको सामग्रीहरू सिधै पोष्ट भएर आउनेछ।