गाउँमा जोगाइँदै रोटेपिङ


स्याङ्जा — दसैं टीकाको दिन धर्ती छोड्दा पवित्र भइन्छ भन्ने मान्यता गाउँघरमा विद्यमान छ  । यसैले बालबालिकादेखि वृद्धवृद्धा सबै पिङमा झुम्मिन्छन्  ।गाउँघरमा रोटे पिङ र लिंगे पिङ बनाउने चलन पुरानै हो । युवा बिदेसिएपछि पिङ बनाउने चलन लोप हुँदै गएको छ । तर, स्याङ्जाका युवाले भने गाउँमा पिङ संस्कृतिलाई जोगाइराख्न अभियान थालेका छन् । उनीहरूले दसैंमा बनाएको पिङ कम्तीमा तिहारसम्म जोगाइराख्ने बताएका छन् ।

गाउँदेखि सहरबजारसम्म दसैंमा पिङ बनाउने लहर चल्छ । धेरै ठाउँमा रोटे पिङ बनाउने चलन छ । ग्रामीण भेगमा गाउँले परम्पराअनुसार कात्तिकमा बाधा ९रूख काट्न बन्देज० लगाइने भएकाले पिङ बनाइँदैन । हरिनास गाउँपालिका १, सालडाँडाका युवाले रोटे पिङ बनाएका छन् ।

स्थानीय युवाले टोलमा रोटे पिङ बनाएको बताएका छन् । खासगरी दसैंदेखि तिहारसम्म रमाइलोका लागि रोटे पिङ थाप्ने चलन रहे पनि यसले पिङ संस्कृतिलाई बचाइराख्न मद्दत पुग्ने समाजसेवी ज्योतिप्रसाद मानन्धरले बाताए ।‘पिङ बनाउन युवायुवतीको सक्रियता बढी रहन्छ । विदेश जानेहरू गए पनि गाउँमा युवा रहन्छन् । ती युवाले नै गाउँमा यस्ता मौलिक संस्कृति जोगाउँदै आएका छन्,।

हरिनास गाउँपालीका १, सालडाँडा मन्दिरचोक युवा क्लबका पुर्वअध्यक्ष लोक बहादुर मानन्धरका अनुसार सालडाँडामा स्थानीय युवा क्लबले रोटे पिङ बनाएको छ । ‘यहाँका युवाले पिङलाई जोगाउनुपर्छ भन्दै ३–४ वर्षयता बर्सेनि दसैंमा रोटेपिङ राख्ने गरेका छन्,’ उनले भने । स्थानीयका अनुसार ठूलाठूला काठका खाँबो गाड्नुका साथै ठूलाठूला काठलाई चिरेर रोटेपिङ बनाइन्छ ।

लेखिएको पोस्टहरूमा केही त्रुटिहरु हुन सक्छन् l यदि तपाईँले पढ्नुभएको पोस्टहरूमा कुनै पनि त्रुटी छ भने तपाईंले यसलाई सच्याउनको लागि हामीलाई सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ। । त्रुटी सच्याउनको लागि यहाँ क्लिक गर्नुहोस्

यदि तपाईंसँग पनि कुनै सामग्री तथा पोष्टहरु छ भने तपाईँले यहाँ क्लिकगरेर पठाउन सक्नुहुनेछ। यसरी पठाउनुभएको पोस्ट सिधै ड्राफ्टमा गएर बस्दछ। यदि हामीले रिभ्यु गरेर पोस्ट एप्रुभ भएपछि तपाईँले पठाउनुभएको सामग्रीहरू सिधै पोष्ट भएर आउनेछ।