हरिनास १ (साविकको किचनास ९) सालडाँडा रानाथर, स्याङ्जा जिल्लामा बशिष्ठ गोत्रिय ज्ञ्यान्द्रिस राना मगरहरूको कुल देवताको थान स्थापना र उद्घाटन समारोह

हरिनास १ (साविकको किचनास ९) सालडाँडा रानाथर, स्याङ्जा जिल्लामा बशिष्ठ गोत्रिय ज्ञ्यान्द्रिस राना मगरहरूको कुल देवताको थान स्थापना र उद्घाटन समारोह

स्याङ्जा जिल्लाको हरिनास गाउँपालिका–१, साविकको किचनास–९ अन्तर्गत पर्ने सालडाँडा रानाथरमा बशिष्ठ गोत्रीय ज्ञ्यान्द्रिस राना मगर समुदायले आफ्नो कुल मन्दिरको स्थापना गरी कुल देवताको प्राण प्रतिष्ठा पूजा सम्पन्न गरेका छन्। यस ऐतिहासिक धार्मिक कार्यले समुदायमा एकता, सांस्कृतिक पहिचान र परम्परागत मूल्यहरूको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

हरिनास १ (साविकको किचनास ९) सालडाँडा रानाथर, स्याङ्जा जिल्लामा बशिष्ठ गोत्रिय ज्ञ्यान्द्रिस राना मगरहरूको कुल देवताको थान स्थापना र उद्घाटन समारोह


कुल देवताको थानको उद्घाटन समारोह

कुल देवताको थानको उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भयो। समारोहमा समुदायका सदस्यहरू, स्थानीय बासिन्दाहरू, धार्मिक अगुवा, समाजसेवीहरू र विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो। उद्घाटन कार्यक्रममा धार्मिक प्रवचन, सांस्कृतिक कार्यक्रम, भजन–कीर्तन, नृत्य, संगीत र पारम्परिक खानपानको व्यवस्था गरिएको थियो। समारोहमा सहभागीहरूले आफ्नो पहिचान, संस्कृति र परम्पराको संरक्षणमा गर्व महसुस गरे।


कुल देवता थानको स्थापना र प्राण प्रतिष्ठा

ज्ञ्यान्द्रिस राना मगर समुदायले आफ्नो कुल देवताको पूजा–आराधना गर्ने परम्परा लामो समयदेखि निर्वाह गर्दै आएका थिए। समुदायका अग्रजहरूको पहलमा सालडाँडा रानाथरमा स्थायी कुल देवताको थान निर्माणको योजना अघि बढाइएको थियो। स्थानीय जनश्रमदान, आर्थिक सहयोग र धार्मिक भावनाले प्रेरित भई कुल देवता थानको निर्माण कार्य सम्पन्न भयो।


थानको निर्माण सम्पन्न भएपछि, कुल देवताको प्राण प्रतिष्ठा पूजा विधिपूर्वक सम्पन्न गरियो। पूजामा विशेष रूपमा मुसुरे कटुसको लिंगो गाड्ने, केराको पातमा जाम्हान राख्ने, पानी, रक्सी, सिगरेट, सुर्ती चढाउने, बत्ती बाल्ने, तेल वा धुपको धुप हाल्ने, गाउँलेको तर्फबाट पाठो, सुंगुर र कुखुराको वली दिने परम्परा अनुसार विधि सम्पन्न गरियो। व्यक्तिगत रूपमा प्रत्येक घरले भाले कुखुरा वली दिने चलन अनुसार पूजामा सहभागिता जनाइयो। छोरा जन्मिएको भए, घर बनाएको भए थप एक–एक जोडी भाले–पोथी कुखुरा वली दिइने परम्परा अनुसार पूजामा समर्पण गरियो।

हरिनास १ (साविकको किचनास ९) सालडाँडा रानाथर, स्याङ्जा जिल्लामा बशिष्ठ गोत्रिय ज्ञ्यान्द्रिस राना मगरहरूको कुल देवताको थान स्थापना र उद्घाटन समारोह


कुल पूजा र कुलपित्र

कुलपित्रको परिभाषा - कुलपित्र भन्नाले सम्बन्धित गोत्र वा कुलका मृतक पुर्खाहरूलाई जनाउँछ। मगर समुदायमा विश्वास गरिन्छ कि मानिस मरेपछि पितृलोक, धा:वाँ, वा स्वर्गमा बास बस्छन्। ती दिवंगत आत्माहरूको सम्झनामा र सम्मानमा कुलपित्रको पूजा गरिन्छ।

पितृ पूजाको बारेमा थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्।

हरेक बर्ष वैशाख पूर्णिमाको दिन कुल पूजा गर्ने गरिन्छ। पूजामा कुल देवतालाई विधिपूर्वक पूजा–अर्चना गरिन्छ। कुल खानदानका सबै सदस्यहरू एकत्रित भएर दिवंगत भएका आफ्ना परिवारका सदस्यहरूलाई पुर्खाहरूलाई कुल देवताको रूपमा पूजा गरिन्छ र आशीर्वाद लिने गरिन्छ। पूजापछि आफ्नो घरमा चेलीबेटी, इष्टमित्रलाई निम्त्याई परम्परागत परिकारहरू खुवाउने चलन रहेको छ। यस अवसरमा मासु, भात, सेलरोटी, अचारजस्ता परिकारहरूको विशेष व्यवस्था गरिन्छ। चेलीबेटीहरूलाई सम्मानका रूपमा विशेष माया र आशिष दिइन्छ। यो परम्पराले परिवारमा आपसी प्रेम, सम्बन्धको सुदृढीकरण र परम्परागत संस्कृतिको निरन्तरतालाई कायम राख्न मद्दत गर्दछ। यस दिनलाई सबैले धार्मिक, सांस्कृतिक र पारिवारिक उत्सवका रूपमा मनाउँछन्।

हरिनास १ (साविकको किचनास ९) सालडाँडा रानाथर, स्याङ्जा जिल्लामा बशिष्ठ गोत्रिय ज्ञ्यान्द्रिस राना मगरहरूको कुल देवताको थान स्थापना र उद्घाटन समारोह


प्राचीनकालदेखिको मगरहरूको कुलदेवताको थान कस्तो हुन्थ्यो र कसरी पूजा गरिन्थ्यो?

मगरहरूको कुलदेवताको थान साधारण तर धार्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण स्थान हुन्छ। यो थान प्रायः गाउँको शिरमा, अग्लो डाँडामा, वा पवित्र रुखको छायाँमा स्थापना गरिन्छ। यदि रुख मरिसकेको भए अथवा नभएको अवस्थामा रुखको पातसहितको हाँगा गाडेर भएपनि स्थापना गरिन्छ। थानको संरचना साधारण तर विशेष चिह्नयुक्त हुन्छ। थानमा ढुङ्गाको वेदी बनाईन्छ, जसमा दर्शने ढुङ्गालाई धोएर धागोले बाँधेर मन्त्र उच्चारण गरी कुलदेवताको प्रतिमा बनाई प्रमाणप्रतिष्ठा गरिन्छ।, धुपदानी, बत्ती र पूजा सामग्री राखिन्छ। कतिपय थानहरूमा लिंगो (पवित्र रूखको ठुटो) पनि गाडिएको हुन्छ, जसलाई देवताको प्रतिक मानिन्छ।


थानको स्थापना समुदायका पूजारी वा ज्येष्ठ व्यक्तिहरूले विधिपूर्वक गरिन्छ। समुदायका गुरु पुजारी ज्येष्ठ व्यक्तिहरू मध्ये एक हुन्छ भने मूल पुजारी १२/१३ वर्ष मुनिको वा कन्य केटा हुन्छ। शुभ साइतमा थान स्थापनाका लागि जमिन पवित्र गरिन्छ। माटो सफा गरी गाईको गोबर र पानीले शुद्ध पारिन्छ। लिंगो गाड्ने र पवित्र धागोले बाँध्ने परम्परा छ। मगरहरूले आफ्नो कुलदेवतालाई पुज्दाखेरि जहिले पनि मगर भाषामा नै अनिवार्य रूपमा पूजा गर्नुपर्ने हुन्छ। मगर भाषाबाट नै आफ्नो कुलदेवताहरूलाई बोलाउनुपर्ने हुन्छ। देवताको नाममा बलि चढाउने र रक्तस्नान गराई थानलाई प्रतिष्ठित गरिन्छ।


पूजामा मगर समुदायले परम्परागत विधिअनुसार कुल देवतालाई दूध, रक्सी, चामल, फूल, फलफूल र बत्ती अर्पण गरिन्छ। धुपधुनी बालेर भजन–कीर्तन गरिन्छ। पशुबलिको प्रचलन पनि छ, जसमा पाठो, सुंगुर वा कुखुराको बलि दिने परम्परा रहेको छ। पूजा पछि प्रसाद वितरण गरिन्छ, र यसरी मगरहरूको कुलदेवताको थानमा आस्था र विश्वासको केन्द्र कायम रहन्छ।


कुल खानदानको जमघट

उद्घाटन समारोहको अवसरमा कुल खानदानका सदस्यहरूको जमघट विशेष आकर्षणको केन्द्रबिन्दु बन्यो। विभिन्न स्थानबाट आएका ज्ञ्यान्द्रिस राना मगर समुदायका सदस्यहरूबीच आपसी भेटघाट, अनुभव साटासाट, पारिवारिक सम्बन्धको पुनःस्थापना र सामाजिक एकताको भावना प्रगाढ बन्यो। यस प्रकारको जमघटले समुदायमा आपसी समझदारी, सहकार्य र एकताको भावना बलियो बनाउने विश्वास गरिएको छ।

हरिनास १ (साविकको किचनास ९) सालडाँडा रानाथर, स्याङ्जा जिल्लामा बशिष्ठ गोत्रिय ज्ञ्यान्द्रिस राना मगरहरूको कुल देवताको थान स्थापना र उद्घाटन समारोह

हरिनास १ (साविकको किचनास ९) सालडाँडा रानाथर, स्याङ्जा जिल्लामा बशिष्ठ गोत्रिय ज्ञ्यान्द्रिस राना मगरहरूको कुल देवताको थान स्थापना र उद्घाटन समारोह

हरिनास १ (साविकको किचनास ९) सालडाँडा रानाथर, स्याङ्जा जिल्लामा बशिष्ठ गोत्रिय ज्ञ्यान्द्रिस राना मगरहरूको कुल देवताको थान स्थापना र उद्घाटन समारोह

हरिनास १ (साविकको किचनास ९) सालडाँडा रानाथर, स्याङ्जा जिल्लामा बशिष्ठ गोत्रिय ज्ञ्यान्द्रिस राना मगरहरूको कुल देवताको थान स्थापना र उद्घाटन समारोह

हरिनास १ (साविकको किचनास ९) सालडाँडा रानाथर, स्याङ्जा जिल्लामा बशिष्ठ गोत्रिय ज्ञ्यान्द्रिस राना मगरहरूको कुल देवताको थान स्थापना र उद्घाटन समारोह


सांस्कृतिक संरक्षण र भविष्यका योजना

कुल देवता थानको स्थापना र उद्घाटनले ज्ञ्यान्द्रिस राना मगर समुदायमा सांस्कृतिक संरक्षणको नयाँ अध्याय सुरु गरेको छ। समुदायले आगामी दिनहरूमा मन्दिरको नियमित पूजा–आराधना, धार्मिक शिक्षा, सांस्कृतिक कार्यक्रमहरू, युवा पुस्तामा परम्परागत ज्ञानको हस्तान्तरण र सामाजिक विकासका कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ।


यस ऐतिहासिक कार्यले समुदायमा धार्मिक, सांस्कृतिक र सामाजिक चेतनाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ। कुल देवता थानको स्थापना र उद्घाटन समारोहले ज्ञ्यान्द्रिस राना मगर समुदायलाई आफ्नो पहिचान, परम्परा र मूल्यहरूको संरक्षणमा प्रेरणा प्रदान गरेको छ।


निष्कर्ष

देवी थान, मण्डलीथान, बाजे बराजुको थान, कुलदेवताको थान, झाँक्रीथान, भयरथान, बराहथान, नागको थान आदी सम्पूर्ण थानहरू विकासको क्रम सँगसँगै व्यवस्थापन गर्ने क्रममा हामीले प्राचीन परम्परा, मूल्य मान्यता, मौलिकता, परम्परा र संस्कृतिलाई नराम्रो प्रभाव नपर्ने किसिमले व्यवस्थापनलाई जोड दिनुपर्ने आवश्यकता देखिन्छ।


यस पोस्टमा प्रयोग गरिएका तस्बिरहरू देव बहादुर राना ज्यूको फेसबुकबाट लिइएका हुन्।

लेखिएको पोस्टहरूमा केही त्रुटिहरु हुन सक्छन् l यदि तपाईँले पढ्नुभएको पोस्टहरूमा कुनै पनि त्रुटी छ भने तपाईंले यसलाई सच्याउनको लागि हामीलाई सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ। । त्रुटी सच्याउनको लागि यहाँ क्लिक गर्नुहोस्

यदि तपाईंसँग पनि कुनै सामग्री तथा पोष्टहरु छ भने तपाईँले यहाँ क्लिकगरेर पठाउन सक्नुहुनेछ। यसरी पठाउनुभएको पोस्ट सिधै ड्राफ्टमा गएर बस्दछ। यदि हामीले रिभ्यु गरेर पोस्ट एप्रुभ भएपछि तपाईँले पठाउनुभएको सामग्रीहरू सिधै पोष्ट भएर आउनेछ।