हरिनास गाउँपालिकाले आगामी आ.व. २०८२/८३ का लागि ४३ करोड ४२ लाख ५० हजार ५ रुपैयाँको विस्तृत बजेट घोषणा
गाउँपालिका उपाध्यक्ष श्रीमती इन्द्रकुमारी थापा राना ज्यूले आज २०८२ असार ६ गते शुक्रबार, दिउँसो ११:०० बजे हरिनास गाउँपालिका सभामण्डपमा आयोजित दोस्रो गाउँ सभाको १७औं अधिवेशनमा ४३ करोड ४२ लाख ५० हजार ५ रुपैयाँ को बजेट प्रस्ताव राख्नुभयो। उनले यस अवसरमा जनआन्दोलन, जनयुद्धका शहीदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै आर्थिक विकासका लागि "समावेशी र सहभागितामूलक दृष्टिकोण" अपनाइएको जोडदिनुभयो।
महत्वपूर्ण उद्धरण:
"यो बजेटले गाउँपालिकावासीहरूको समग्र आर्थिक समृद्धि, सामाजिक न्याय सुनिश्चितता तथा समानुपातिक विकासलाई केन्द्रमा राखेको छ।"
हरिनास गाउँपालिकाको दोस्रो गाउँ सभाको १७औँ अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष श्री इन्द्रा कुमारी थापा राना ज्यूबाट प्रस्तुत संक्षिप्त बजेट मन्तव्य हुबहु
PDF file मा हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्।
यस गरिमामय सभाका सभाध्यक्ष एवं गाउँपालिका अध्यक्ष श्री क्षेम नारायण मानन्धर ज्यू, उपस्थित सभाका सदस्यज्यूहरू, कर्मचारी मित्रहरू, पत्रकार महानुभावहरू, सुरक्षा कर्मी तथा नागरिक समाजका सदस्यज्यूहरू।
बजेट मन्तव्य
१. आज मिति २०८२ असार ६ गते शुक्रबार, गण्डकी प्रदेश, स्याङ्जा जिल्ला, हरिनास गाउँपालिकाको आगामी आ.व. २०८२/०८३ को बजेट वक्तव्य प्रस्तुत गर्न यस गरिमामय सभा समक्ष उपस्थित भएको छु। यस क्षणको अवसरमा जनआन्दोलन, जनयुद्ध, लगायतका राजनीतिक परिवर्तनका लागि भएका संघर्षहरूमा आफ्नो जीवन उत्सर्ग गर्नुभएको सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै वेपत्ता नागरिकहरू प्रति सम्मानपूर्वक नमन गर्न चाहन्छु। मूकको राजनीतिक, आर्थिक एवं सामाजिक परिवर्तनमा योगदानकारी रूपमा नेतृत्वदायी भूमिका खेल्नु हुने महानुभावहरू प्रति हार्दिक सम्मान प्रकट गर्न चाहन्छु।
२. आ.व. २०८२/०८३ को बजेट तथा कार्यक्रम तर्जुमा गर्ने क्रममा नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४ एवं गाउँपालिकाको यस सभामा टेकेका मध्यकालीन दृष्टि योजना, प्रथम पञ्चवर्षीय योजना, स्वीकृत ऐन, नियम, कार्यविधिहरू, मार्गदर्शन नीति, विभिन्न बैठक तथा छलफलबाट प्राप्त सुझावहरू समेटी गाउँपालिका वासीहरूको समग्र आर्थिक समृद्धि, सामाजिक न्याय सुनिश्चितता, समानुपातिक तथा समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा तर्जुमा गरिएको छ।
३. नेपालको संविधानले तीन तहको सरकारको व्यवस्था गरेअनुसार मिति २०७९ बैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट स्थानीय सरकारका प्रतिनिधिको रूपमा हामी निर्वाचित भएको छोटो अवधिमा नै संस्थागत विकास गर्ने, आफ्नो गाउँपालिका वासिहरूको लागि छरितो तथा प्रभावकारी सेवा प्रवाह गर्ने, सुशासनको अनुभूति गराउने कार्यमा हाम्रो ध्यान केन्द्रित भएको छ। आवश्यक पूर्वाधारहरूको निर्माण तथा जनशक्ति व्यवस्थापन गर्दै नागरिकहरू प्रतिको कर्तव्य र दायित्वलाई वहन गर्दै आएका छौं।
४. संविधान र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरी आफ्नो अधिकार क्षेत्रभित्र रहेका ऐन, नियम, कार्यविधिहरूको निर्माण गरी कानूनी शासन सञ्चालनका लागि आवश्यक पृष्ठभूमि तयार गरिएको छ। यसै कानून प्रदत्त कार्यका लागि जनप्रतिनिधि र कर्मचारीहरूको क्षमता वृद्धिमा समेत ध्यान दिइएको छ।
५. हाल विश्वव्यापी आर्थिक मन्दीको कारण हाम्रो देशमा समेत त्यसको प्रत्यक्ष असर परिरहेको वर्तमान परिस्थितिमा समेत गाउँपालिकाले पालिकावासीहरूका लागि प्रवाह गर्नुपर्ने सेवा, सुविधालाई उच्च प्राथमिकता दिई बजेट तथा कार्यक्रम तर्जुमा गरिएको छ। स्थानीय बेरोजगारीलाई न्यूनीकरण गर्दै गरिबी कम गर्न यो बजेट महत्वपूर्ण हुने छ।
६. वर्तमान नीति तथा बजेट कार्यक्रम तर्जुमाको क्रममा तथ्यको आधार लिइएको छ। नेपालको सोहौं योजना (आ.व. २०८१/०८२ देखि आ.व. २०८५/८६) प्रमुख मार्गदर्शनको रूपमा लिएको छु। साथै गाउँपालिकाको प्रथम वार्षिक योजना, प्रथम मध्यकालीन दृष्टि योजना, यातायात गुरु योजना, पर्यटन गुरु योजना, दिगो विकासका लक्ष्यहरू, अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरू, संघीय तथा प्रदेश सरकारबाट प्राप्त मार्गदर्शनहरू समेतलाई आधार मानेको छु। यस बजेट तथा कार्यक्रममा गाउँपालिकावासीहरूको समग्र हितमा टेवा पुग्ने विश्वास लिएको छु।
७. विगत तथा चालु आ.व. मा भएको बजेट व्यवस्थापन समेत मध्यनजर गरी आगामी आ.व. २०८२/०८३ का लागि वित्तीय परिचालन र दृष्टिकोणअनुसार वित्तीय सन्तुलन कायम गर्ने उद्देश्य लिएर सोही अनुरूप बजेट तथा कार्यक्रमहरू तर्जुमा गरी विनियोजन गरिएको छ। आ.व. २०८२/०८३ का लागि कूल रु. ४३,४२,५०,००५ (४३ करोड ४२ लाख ५० हजार ५ रुपैयाँ) को बजेट प्रस्ताव पेश गरिएको छ।
आयको विवरण
शिर्षक | रकम |
---|---|
आन्तरिक राजस्व | ३१,००,००० |
संघीय सरकारबाट प्राप्त अनुदान | |
वित्तीय समानीकरण अनुदान | ८,०२,००,००० |
सशर्त अनुदान (चालु) | १८,८१,००,००० |
सशर्त अनुदान (पुँजीगत) | ६५,००,००० |
राजस्व बाँडफाँड प्राप्त | ७,०८,७७,७५५ |
विशेष अनुदान | १,८०,००,००० |
समपूरक अनुदान | १,०२,००,००० |
जम्मा संघीय अनुदान | ३७,३८,७७,७५५ |
प्रदेश सरकारबाट प्राप्त अनुदान | |
वित्तीय समानीकरण अनुदान | १,००,१९,००० |
सशर्त अनुदान | २,००,००० |
विशेष अनुदान | ४०,००,००० |
समपूरक अनुदान | ६०,००,००० |
स्थानीय स्रोत तथा साना आयोजना | ७८,६७,००० |
जम्मा प्रदेश अनुदान | २,८०,८६,००० |
जनसहभागिता (नगद, श्रम, वस्तुगत) | |
नगद सहभागिता | |
श्रम तथा वस्तुगत सहायता | |
सबै शीर्षकको कुल जम्मा | ४०,५०,६३,७५५ |
व्ययको विवरण
कुल व्यय अनुमान | |
प्रशासनिक खर्च | ७,५५,००,००० (७ करोड ५५ लाख) |
अन्य दायित्व | |
विकास आयोजना तथा गाउँपालिका साझेदारी | १०,१९,५०,००५ (१० करोड १९ लाख ५० हजार ५ रुपैयाँ) |
वडागत आयोजना | १,४०,००,००० (१ करोड ४० लाख) |
क्रमागत आयोजना | |
सशर्त अनुदान | १९,४६,००,००० (१९ करोड ४६ लाख) |
विशेष अनुदान | २,३०,००,००० (२ करोड ३० लाख) |
समपूरक अनुदान | १,६२,००,००० (१ करोड ६२ लाख) |
बजेट बचत(+)/घाटा(-) | -२,९१,८६,२५० (२ करोड ९१ लाख ८६ हजार २ सय ५० रुपैयाँ मात्र) |
कुल जम्मा व्यय | ४३,४२,५०,००५ (४३ करोड ४२ लाख ५० हजार ५ रुपैयाँ) |
---|
आय व्यय विश्लेषण:
संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान, समपूरक अनुदान, राजस्व बाँडफाँडबाट कूल रकम रु. ३७,३८,७७,७५५ प्राप्त भएको छ। प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान, समपूरक अनुदान, राजस्व बाँडफाँड प्राप्त गरी कुल रकम रु. २,८०,८६,००० प्राप्त भएको छ। साथै आन्तरिक आय रॉयल्टी, मालपोत रजिष्ट्रेशन समेत गरी रु. १ करोड २० लाख ३५ हजार हुने अनुमान गरिएको छ।
बजेट विश्लेषण सारांश
विवरण | बजेट (रु हजारमा) | प्रतिशत |
---|---|---|
कुल प्रस्तावित बजेट | ४३,४२,५०,००५ (४३ करोड ४२ लाख ५० हजार ५ रुपैयाँ) | १०० प्रतिशत |
चालु बजेट जम्मा सशर्त कार्यक्रम समेत | २६,३८,००,००० (२६ करोड ३८ लाख) | ६०.७५ प्रतिशत |
पुँजीगत बजेट जम्मा | १७,०४,५०,००५ (१७ करोड ४ लाख ५० हजार ५) | ३९.२५ प्रतिशत |
८. वडागत l;lnË तर्फ सबै वडाहरूलाई समानुपातिक रुपमा प्रति वडा रु २० लाखका दरले कुल १,४०,००,००० विनियोजन गरिएको छ।
९. प्रशासकीय भवन, स्वास्थ्य संस्था, सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन लगायतका योजना बजेटमा समावेश गरिएको छ।
१०. वातावरण संरक्षण, विपद् व्यवस्थापन, लैङ्गिक समानता र सामाजिक समावेशीकरणका लागि बजेट विनियोजन गरिएको छ।
११. महिला, बालबालिका, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति, दलित र युवाहरूसँग सम्बन्धित कार्यक्रमहरू समेटिएको छ।
१२. सूचना प्रवाहका लागि रेडियो, टेलिभिजन, छापा सामग्रीमार्फत बजेटको जानकारी पुर्याउने व्यवस्था गरिएको छ।
अन्त्यमा
हरिनास गाउँपालिकाको आ.व. २०८२/०८३ को बजेट तर्जुमा प्रक्रियामा सहयोग पुर्याउनु हुने जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज तथा सबै सम्बद्ध पक्षलाई धन्यवाद ज्ञापन गर्दछु। साथै, यस बजेट तथा कार्यक्रमको सफल कार्यान्वयनका लागि सबै पक्षबाट सहयोगको अपेक्षा गर्दछु।
प्रस्तोता:
इन्द्र कुमारी थापा राना
उपाध्यक्ष
हरिनास गाउँपालिका, स्याङ्जा