हरिनास गाउँपालिका वडा नं. १ मा निःशुल्क पशु स्वास्थ्य शिविर

हरिनास गाउँपालिका वडा नं. १ मा निःशुल्क पशु स्वास्थ्य शिविर

गण्डकी प्रदेशअन्तर्गत स्याङ्जा जिल्लाको हरिनास गाउँपालिकामा निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ। गाउँपालिकाको पशु सेवा शाखाको आयोजनामा आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृति कार्यक्रमअन्तर्गत शिविर आयोजना हुन लागेको हो।


शिविर यही २०८२ साल असार ३२ गते (सोमबार) हरिनास गाउँपालिका वडा नं. १ को वडा कार्यालयमा हुने बताइएको छ। सो शिविरमा स्थानीय पशुपालकहरूलाई लक्षित गर्दै विभिन्न निःशुल्क पशु सेवा प्रदान गरिनेछ।


शिविरमा प्रदान गरिने सेवा:

  1. गाईबस्तु परीक्षण सेवा
  2. पशुपन्छी औषधि उपचार तथा औषधि वितरण सेवा
  3. बाँध/पाठा बन्ध्याकरण सेवा
  4. पशुपालन सम्बन्धी परामर्श सेवा
  5. जुनोटिक रोगका लागि दुध परीक्षण सेवा

गाउँपालिकाले सबै पशुपालक तथा स्थानीयवासीलाई निर्धारित मिति, स्थान र समयमा उपस्थित भई सेवा लिनका लागि अनुरोध गरेको छ। साथै, पशु सेवा शाखाले उक्त शिविरमा सम्पूर्ण तयारी पूरा गरिएको जानकारी दिएको छ।


कार्यक्रमलाई सफल बनाउन स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा समुदायको सहकार्य अपेक्षित गरिएको छ।


सम्पर्क:

Website: https://harinasmun.gov.np
Email: harinasruralmunicipality@gmail.com

प्रस्तुत:
सिन. पशु प्रसाशकीय अधिकृत
हरिनास गाउँपालिका, स्याङ्जा

लेखिएको पोस्टहरूमा केही त्रुटिहरु हुन सक्छन् l यदि तपाईँले पढ्नुभएको पोस्टहरूमा कुनै पनि त्रुटी छ भने तपाईंले यसलाई सच्याउनको लागि हामीलाई सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ। । त्रुटी सच्याउनको लागि यहाँ क्लिक गर्नुहोस्

यदि तपाईंसँग पनि कुनै सामग्री तथा पोष्टहरु छ भने तपाईँले यहाँ क्लिकगरेर पठाउन सक्नुहुनेछ। यसरी पठाउनुभएको पोस्ट सिधै ड्राफ्टमा गएर बस्दछ। यदि हामीले रिभ्यु गरेर पोस्ट एप्रुभ भएपछि तपाईँले पठाउनुभएको सामग्रीहरू सिधै पोष्ट भएर आउनेछ।