जारकाटे ढुङ्गा खोलाको पुलको लागि टेन्डर सूचना प्रकाशित भएको छ, बहुप्रतीक्षित खुशीको खबर अब जारकाटे ढुङ्गा खोलामा पुल बन्ने भएको छ।

हरिनास १ सालडाँडा । - शुक्लागण्डकी नगरपालिका, गण्डकी प्रदेशले २०८२ सालको फागुन ५ गतेदेखि विभिन्न निर्माण कार्यहरूको लागि इलेक्ट्रोनिक बोलपत्र आह्वान गरेको छ। यस सूचनामा कुल ६ वटा परियोजनाहरू समेटिएका छन्, जसमा खुला जिम उपकरण आपूर्ति देखि लिएर सडक तथा पुल निर्माणसम्मका महत्वपूर्ण पूर्वाधार योजनाहरू समावेश छन्।


केही समय अगाडि नै शुक्लगण्डकी नगरपालिका र हरिनास गाउँपालिका बीचको सम्झौता भएर जारकाटे ढुङ्गा खोलामा पुल निर्माण हुने समाचार आएपनि त्यो स्थगित हुन पुगेको थियो। लामो समयदेखि नै यहाँ पुल निर्माण हुने कार्यको खबर आए पनि विभिन्न राजनैतिक टकरावको कारणले गर्दाखेरि यो कार्य सफल हुन सकेको थिएन। साँढेको लडाई बाच्छाको मिचाइ भने जस्तो भइरहेको थियो। जसको प्रत्यक्ष अक्षर त्यहाँका स्थानीय बासिन्दाहरूलाई र सालडाँडा बासीहरूलाई भएको छ। बर्खाको बेलामा बाढी आएर गाडीहरू बगाउने पनि भइरहेको थियो।केही वर्ष अगाडि आएको बाढीले जिपलाई बगाउँदाखेरि दुईजना व्यक्तिको मृत्यु पनि भएको थियो। भने कतिपय अवस्थामा बर्खामा स्कुटर बाइकहरु तार्न नसकेर सम्बन्धित गन्तव्यमा पुग्न नसक्ने अवस्था पनि छ। अन्तत यो टेन्डर आह्वान भइसकेपछि जारकाटे ढुङ्गा खोलामा पुलमा निर्माण हुने लगभग पक्का पक्की भएको छ।


जारकाटे ढुङ्गा खोला पुलको टेन्डर : बहुप्रतीक्षित खुशीको खबर

धेरै वर्षदेखि स्थगित जारकाटे ढुङ्गा खोला पुलको टेन्डर अन्ततः प्रकाशित भएपछि स्थानियवासीमा विशेष हर्ष छाएको छ। जारकाटे ढुङ्गा खोला पुल केवल एउटा साधारण निर्माण आयोजना मात्र नभएर ज्याग्दी करिडोर जस्तो दीर्घकालीन विकास मार्गको एउटा महत्त्वपूर्ण कडी हो।


सालडाँडा, हरिनास, बिरुवा, पुतलीबजार लगायत स्याङ्जा जिल्लाका पूर्वी क्षेत्रका हजारौं नागरिकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने यो आयोजनाको टेन्डर आह्वानपछि, स्थानिय तथा क्षेत्रीय नेताहरूको पहल र नगरपालिकाको प्रतिबद्धता प्रति गहिरो आभार व्यक्त गरिएको छ।


बोलपत्र माग आवाहान

सबै परियोजनाहरूका लागि इच्छुक नेपाली ठेकेदारहरूबाट sealed quotation र National Competitive Bidding प्रक्रिया अन्तर्गत बोलपत्र माग गरिएको छ। बोलपत्रहरू केवल इलेक्ट्रोनिक माध्यमबाट मात्र स्वीकार गरिने जनाइएको छ।


जारकाटे ढुङ्गा खोलाको पुलको लागि टेन्डर सूचना प्रकाशित भएको छ, बहुप्रतीक्षित खुशीको खबर अब जारकाटे ढुङ्गा खोलामा पुल बन्ने भएको छ।

मुख्य परियोजनाहरूको सूची:

S.N. परियोजनाको नाम ठेक्का पहिचान नम्बर अनुमानित रकम रु.
(विशेष VAT र PS वस्तुहरू)
बोली सुरक्षा रकम रु. बोली मूल्य रु. बुली बुझाउने अन्तिम मिति
खुला जिम (सबै पूरा काम भएको खुला जिम उपकरणको आपूर्ति, डेलिभरी र स्थापना) ३७/वर्ग किमी सामानहरू SMC/२०८१-०८२ १४,००,२८४.७२ ४०,०००.०० १,००० २०८२/०२/२०
कोट खड्का कालिका मोटर मार्ग, शुक्लागण्डकी नगरपालिका-०९, तनहुँ ३८/NCB/WORKS S.MC/२०८१-०८२ ३४,४७,७२०.६६ १,००,०००.०० ३,००० २०८२/०३/०४
धुर्बतारा मोटर मार्ग, शुक्लागण्डकी नगरपालिका-१०, तनहुँ ३९/NCB/WORKS SMC/२०८१-०८२ ५१,५६,२०२.३८ १,५०,०००.०० ३,००० २०८२/०३/०४
लालिम मलेबगर किमलडाँडा मार्ग, शुक्लागण्डकी नगरपालिका-०८, तनहुँ ४०/NCB कार्यहरू/ SMC/२०८१-०८२ ६,९६,०५४.७८ २,५०,०००.०० ३,००० २०८२/०३/०४
कैदले छक्रा मोटर मार्ग, शुक्लागण्डकी नगरपालिका-११, तनहुँ ४१/NCB/WORKS/ SMC/२०८१-०८२ २५,७४,१३८.३९ ७५,०००.०० ३,००० २०८२/०३/०४
जारकाटे ढुङ्गा खोला पुल निर्माण, शुक्लागण्डकी नगरपालिका -११, तनहुँ ४२/NCB/WORKS SMC/२०८१-०८२ ७७,५१,२५४.०९ २,३०,०००.०० ३,००० २०८२/०३/०४
प्रमुख प्रशासकीय अधिकृत
शुक्लागण्डकी नगरपालिका


विशेष धन्यवाद ज्ञापन:

यस पुल निर्माणका लागि पहल र सहयोग गर्ने व्यक्तिहरूलाई स्थानियबासीहरूले निम्नानुसार धन्यवाद ज्ञापन गरेका छन्:


  1. कृष्णराज पण्डित, मेयर, शुक्लागण्डकी नगरपालिका – नेतृत्वदायी भूमिका र प्रतिबद्धताको लागि
  2. राजु थापा, सभापति, नेपाली कांग्रेस स्याङ्जा – रणनीतिक पहल र दबाब सिर्जनाको लागि
  3. शंकर भण्डारी, सांसद, तनहुँ क्षेत्र नं. २ – संघीय तहमा आवाज उठाएकोमा
  4. शुक्रराज शर्मा, गण्डकी प्रदेश सभापति, नेपाली कांग्रेस – निरन्तर समर्थनको लागि
  5. जित प्रकाश आले, पूर्व अर्थमन्त्री तथा तनहुँ कांग्रेस सभापति – सहजीकरणको लागि
  6. प्रमुख प्रशासकीय अधिकृत, शुक्लागण्डकी नगरपालिका – कार्यान्वयनको लागि
  7. नगरपालिका कर्मचारीहरू – निरन्तर सेवा र प्रक्रिया अगाडि बढाएकोमा


समाप्तिमा :

जारकाटे ढुङ्गा खोला पुल एउटा सानो संरचना देखिए पनि रणनीतिक दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण रहेको छ। यसले केवल यातायात सहज पार्ने मात्र होइन, आर्थिक र सामाजिक समृद्धिमा पनि ठुलो योगदान पुर्‍याउने विश्वास गरिन्छ। नगरपालिकाको प्रयास र सहयोगमा यस्ता विकास परियोजनाहरू अगाडि बढिरहेकोमा सम्पूर्ण शुक्लागण्डकी नगरपालिका परिवारलाई हार्दिक धन्यवाद व्यक्त गरिएको छ।


स्रोत - अजित क्षेत्री को फेसबुक पेजबाट

लेखिएको पोस्टहरूमा केही त्रुटिहरु हुन सक्छन् l यदि तपाईँले पढ्नुभएको पोस्टहरूमा कुनै पनि त्रुटी छ भने तपाईंले यसलाई सच्याउनको लागि हामीलाई सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ। । त्रुटी सच्याउनको लागि यहाँ क्लिक गर्नुहोस्

यदि तपाईंसँग पनि कुनै सामग्री तथा पोष्टहरु छ भने तपाईँले यहाँ क्लिकगरेर पठाउन सक्नुहुनेछ। यसरी पठाउनुभएको पोस्ट सिधै ड्राफ्टमा गएर बस्दछ। यदि हामीले रिभ्यु गरेर पोस्ट एप्रुभ भएपछि तपाईँले पठाउनुभएको सामग्रीहरू सिधै पोष्ट भएर आउनेछ।