विज्ञापन

Post Page Ads

PopAds.net - The Best Popunder Adnetwork

Google Input Tools प्रयोग गरेर रोमन नेपाली बाट युनिकोड नेपालीमा लेख्ने तरिका ।


तपाइँलाई म आज Computer वा Laptop बाट सिधै बिना इन्टरनेट वा कुनै Application बिना कसरी नेपालीमा सिधै लेखन सकिन्छ भनेर Tips दिन गईरहेको छु।





पहिला पहिला तपाइँले Google Input सिधै https://www.google.com/inputtools/ बाट Download गर्न सक्नुहुन्थ्यो । तर हिजोआज तपाइँहरुले Google Input Download गर्ने बेलामा माथि दिइएको फोटोमा जस्तो देख्न सक्नुहुनेछ। जसले पहिला देखिनै प्रयोग गर्दै आउनुभएको छ । उनीहरुको लागि त कुनै समस्याको कुरा भएन तर जसले अहिलेसम्म प्रयोग गर्नु भएको छैन अथवा Computer वा Laptop Format गरेर फाइल हराउनुभएको छ उनीहरुको लागि उपयोगी हुनसक्छ । हिजोआज तपाइँले तल फोटोमा जस्तै Windows को लागि कुनै Option देखिदैन ।

मैले आफ्नो प्रयोजनको लागि बचत गरेर राखेको फाइल डाउनलोड गर्न मिल्ने गरि राखेको छु। तपाइँले यहाँ तलबाट डाउनलोड गर्नसक्नुहुनेछ । तपाइँले २ वोटा फाइल डाउनलोड गर्नुपर्नेहुन्छ।
  1. Google Input Tools डाउनलोड गर्नुहोस् । 
  2. Nepali Input Tool डाउनलोड गर्नुहोस् । 

तपाइँले २ वोटा फाइल Download गरिसकेपछी सबभन्दा पहिला Google Input Tools लाई Install गर्नुहोस्  । त्यसकोलागी Google Input Tools फाइललाई दायाँ क्लिक गर्नुहोस् । 


त्यसपछि माथि चित्रमा देखेको जस्तै गरि Run As Administrator मा क्लिक गर्नुहोस् । 


माथि चित्रमा देखाएको जस्तै देख्न सक्नुहुनेछ त्यसपछि Yes बटनमा क्लिक गर्नुहोस् । 


त्यसपछि माथि चित्रमा जस्तै देखिनेछ केहि समय पर्खनुहोस् । 


माथि चित्रमा देखाएको जस्तै देखिनेछ त्यसपछि Finish बटनमा दबाउनुहोस् ( क्लिक गर्नुहोस् )  । 


यदि माथिको चित्रमा जस्तै देखिएको अबस्थामा No, I will Reboot Later मा टिक लागएर Finish बटन दबाउनुहोस् । 


यदि तपाइँ तत्काल नै Reboot गर्न चाहानुहुन्छ भने, माथि चित्रमा जस्तै गरेर Yes, Reboot Now मा टिक लगाएर Finish बटन दबाउन सक्नुहुनेछ । 
त्यसपछि माथि जस्तै गरेर Nepali Input Tool लाईपनि Install गर्नुहोस् । 


२ वटा नै फाइल Install भैसकेपछि तल चित्रमा जस्तै गरेर नेपाली इनपुट छानेर सिधै रोमनबाट नेपालीमा लेख्न सक्नुहुनेछ । 


कुन भाषा प्रयोग गर्ने हो, भाषा परिबर्तन गर्न अथवा छान्नको लागि Shift + Alt एकै साथ थिच्नुहोस्।

Post a Comment

0 Comments