योजनाको भुक्तानी विवाद: हरिनास गाउँपालिकामा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच तनाव

हरिनास गाउँपालिकाले आगामी आ.व. २०८२/८३ का लागि ४३ करोड ४२ लाखको विस्तृत बजेट घोषणा
फोटो स्रोत: हरिनास गाउँपालिकाको आधिकारिक फेसबुक पेजबाट लिएको

सोमबार, असार २३, २०८२ – स्याङ्जाको हरिनास गाउँपालिकामा योजनाको भुक्तानी विषयलाई लिएर अध्यक्ष खिमनारायण मानन्धर र प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेलबीच विवाद भएको छ। विवाद सोमबार दिउँसो स्वास्थ्य शाखाको कार्यकक्षमा पुगेर चुलिएको हो।

उपभोक्ता समितिलाई भुक्तानी दिन नमानिसकेपछि गाउँपालिकाका अध्यक्ष मानन्धर दुईवटा उपभोक्ता समितिका फाइल लिएर प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेल कार्यकक्षमा जाँदाखेरि आफ्नो कार्यकक्षमा उपस्थित नभएर स्वास्थ्य माहाशाखामा भएकोले स्वास्थ्य महाशाखाको कार्यकक्षमा रहेका प्रमुख प्रशासकीय अधिकृत पौडेल कहाँ पुगेका थिए। ती योजनाहरूमा सम्झौता नभएको र बजेट समेत नछुट्याइएको भन्दै अधिकृत पौडेलले दस्तखत गर्न अस्वीकार गरेपछि विवाद सुरु भएको हो।

अध्यक्ष मानन्धरले भने योजना सम्झौता भइसकेको र आफूले बजेट छुट्याइसकेको दाबी गर्दै दस्तखतका लागि दबाब दिएको बताइएको छ। तर अधिकृत पौडेल आफ्नो अडानमा कायम रहे। त्यसपछि सोही क्रममा तनाब चुलिँदा पौडेल नजिकैको आफ्नो सरकारी आबासमा गएर बसेका थिए।

पौडेल क्वार्टरतर्फ भागेपछि अध्यक्ष मानन्धरले अन्य वडाध्यक्षहरू र आफ्ना स्वकीय सचिवलाई बोलाई मिलाउन पठाइएको बताइएको छ। पौडेलले भने मंगलबार दिउँसो १२ बजेपछि मात्रै सोचेर निर्णय लिने बताएका छन्।

विवादबारे प्रतिक्रिया दिँदै अध्यक्ष मानन्धरले, “अहिलेसम्म २०/२२ जना भन्दा बढी उपभोक्ता समितिको भुक्तानी नदिएको र उनीहरुलाई गालीगलोज गर्दै फर्काइएको, कारणले गर्दाखेरि विवाद उत्पन्न भएको बताउनुहुन्छ। अध्यक्ष मानन्धरले पहिले पनि प्रशासकीय अधिकृतलाई दुईपटकसम्म निष्कासन गर्न खोजिसकेको र अब म राम्रोसँग काम गर्छु भनेर भनेकोले अवसर दिइएको तर फेरि पनि विवाद उत्पन्न सिर्जना गरेको बताउनुभएको छ।”

घटनाले स्थानीय तहमा सत्ता र प्रशासनबीचको समन्वय अभाव देखिएको स्पष्ट पारेको छ। घटनापछि स्थिति थप चुलिने वा समाधानतर्फ जाने भन्ने प्रश्न स्थानीय नागरिक र कर्मचारीबीच चासोको विषय बनेको छ।

लेखिएको पोस्टहरूमा केही त्रुटिहरु हुन सक्छन् l यदि तपाईँले पढ्नुभएको पोस्टहरूमा कुनै पनि त्रुटी छ भने तपाईंले यसलाई सच्याउनको लागि हामीलाई सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ। । त्रुटी सच्याउनको लागि यहाँ क्लिक गर्नुहोस्

यदि तपाईंसँग पनि कुनै सामग्री तथा पोष्टहरु छ भने तपाईँले यहाँ क्लिकगरेर पठाउन सक्नुहुनेछ। यसरी पठाउनुभएको पोस्ट सिधै ड्राफ्टमा गएर बस्दछ। यदि हामीले रिभ्यु गरेर पोस्ट एप्रुभ भएपछि तपाईँले पठाउनुभएको सामग्रीहरू सिधै पोष्ट भएर आउनेछ।